सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रीय जनता पार्टी (राजपा)को संयोजक परिवर्तन गरिएको छ । राजपाको मंगलवार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई सुम्पेको हो । पार्टी एकतापछि संयोजकको जिम्मेवारी महन्थ ठाकुरले निभाउँदै आउनुभएको थियो ।
शुरुमा दुई–दुई महिनामा संयोजक परिवर्तन गरिने बताए पनि लामो समयसम्म ठाकुरले संयोजकको पद सम्हाल्दै आएका थिए । बैठकले पार्टीको विधानअनुसारनै अबदेखि अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
यस्तै पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय समितिको सूचीलाई मात्रै आधिकारिक मान्ने र त्यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति तथा मनोनयन रद्द गर्ने बैठकले निर्णय गरेको महासचिव झाले बताए । साथै बैठकले पार्टीको सक्रीय सदस्यता वितरण मंसिरसम्मका लागि बढाउने निर्णयसमेत छ ।

