बिहीवार विहानै बाँकेमा थपिए १० कोरोना संक्रमित

सदरलाइन संवाददाता १ आश्विन २०७७, बिहीबार ०९:२८
 

नेपालगञ्ज : बाँकेमा बिहीवार बिहानै १० सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९ र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परीक्षणमा १ गरी बाँकेका थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमित सबै नेपालगञ्जका हुन् । संक्रमितमध्ये केही आफै जाँच गर्न पुगेका थिए भने केही अस्पतालमा भर्ना भएका बिरामीहरु हुन् ।


यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा रुकुम र बर्दियाका एकएक जनामा कोरोना संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ । जसमध्ये, ८ जनाको ज्यान गइसकेको छ भने बिहीवार डिस्चार्ज हुने ४४ जना गरी कोरोनामुक्त हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ ।

Next Post

राष्ट्रियसभा सदस्यमा बामदेव गौतम मनोनित

१ आश्विन २०७७, बिहीबार ०९:२८
काठमाण्डौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् […]