राप्तीसोनारीमा ५२५ को आँखा जाँच गर्दा ७० मा मोतीबिन्दु

सदरलाइन संवाददाता २१ मंसिर २०८०, बिहीबार १५:५४
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ को आँखा जाँच गरिएको र तीमध्ये ७० जनामा मोतीबिन्दु रोग देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

बुधबार वडा ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ५ सय २५ जना नागरिकको आँखा जाँच गरिएको छ । जसमध्ये ७० जनामा मोतीबिन्दु रोग पत्ता लागेको छ ।


वडा ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा २ सय ४५ जनाको आँखा जाँच गरिएको र जसमध्ये ४३ जनामा मोतीबिन्दु देखिएको स्वास्थ्य शाखाका कर्मचारी सुरेशकुमार शर्माले जानकारी दिए । उनका अनुसार वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा २ सय ८० जनाको आँखा जाँच गरिएकोमा २७ जनामा मोतीबिन्दु देखिएको छ ।

त्यसैगरी बिहीबार पनि वडा २ को कचनापुर स्वास्थ्य चौकी र वडा ५ को बिनौना स्वास्थ्य चौकीमा निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

शिविरमा रोग पत्तालागि छनौट भएका मोतीबिन्दुका बिरामीलाई तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङ लगेर निःशुल्क रूपमै त्यस्ता बिरामीको शल्यक्रिया गरी उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निःशुल्क आँखा शिविरमा १४ सय लाभान्वित

२१ मंसिर २०८०, बिहीबार १५:५४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको आँखा शिविरमा १४ सय जना लाभान्वित भएका छन् । चार वटा वडाका पाँच स्थानमा संचालित १ हजार ४ सय जनाको आँखा चेकजाँच गरिएको हो । आँखाका बिरामीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा उनीहरुको आँखा चेकजाँच गरिएको हो । आँखा […]