भारतबाट ल्याईएको बोईलरकुखरा मोटरसाईकलसहित नियन्त्रणमा

२३ माघ २०७५, बुधबार ११:५८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : प्रहरी चौकी राधापुर खजुराले भारतबाट अनाधिकृत रुपमा ल्याउदै गरेको बोईलर कुखुरा नियन्त्रणमा लिएर क्वारेन्टाईनमा बुझाएको छ ।
चौकीबाट प्रहरी सहायक निरिक्षक जंगबहादुर एमसीको कमाण्डमा गस्तीमा खटिएको टोलीले खजुरा–१ बेलडाँडाको माननदीको ढिकबाट बुधबार विहान ७ बजे भे ७ प २८४३ नं.को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सो मोटरसाइकलमा बोईलर कुखुरा ल्याउदै गरेको व्यक्ति गस्तीका प्रहरीलाई देख्ने वित्तिकै मोटरसाइकल छाडेर भागेका थिए । करिव १ सय ५० किलो बोइलर कुखुरा मोटरसाईकलमा ल्याईएको हो । भारतमा बर्डफ्लु फैलिएपछि भारतबाट पन्छि र पन्छिजन्य उत्पादन नेपाल ल्याउन प्रतिबन्धित भएको कारण भरतबाट यसरी नै तस्करी गरेर बोईलर कुखुरा ल्याईने गरिएको छ ।
गत कात्तिकदेखि नेपालगन्ज र भारतीय रुपैडिहामा बोईलरको मुल्य बराबर जस्तै भएको कारण तस्करी बन्द रहेको अवस्थामा केहीदिन यतादेखि भारतमा मुल्य घटेपछि पुन तस्करी सुरु भएको हो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले भारतबाट कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले मोटरसाइकल र कुखुरा नियन्त्रणमा लिएर पशु क्वारेन्टाइनमा बुझाएको जानकारी दिए ।

Next Post

निर्मलाको नाममा चिल्ड्रेल पार्क बन्दै

२३ माघ २०७५, बुधबार ११:५८
सदरलाइनडटकम, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको नाममा चिल्ड्रेल पार्क बन्दैछ । भिमदत्त नगरपालिका–२, को वडा कार्यालयले निर्मला अध्ययनरत विद्यालय सरस्वती माविमा बुधवार चिल्ड्रेल पार्कको शिलान्यास गरेको हो । वडा कार्यालयको बैठकको निर्णय अनुसार निर्मलाको सम्झनामा चिल्ड्रेल पार्क निर्माण कार्य शुरु गरिएको भिमदत्त नगरपालिका–२, का […]

सम्बन्धित