कोहलपुर ५ मा साप्ताहिक सरसफाई

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १४:१८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ मा बृहद् सरसफाई गरिएको छ । कोहलपुर शहर, हाम्रो शहर, सफा राख्ने सबैको रहर भन्ने मुल नाराका साथ वडा कार्यालयबाट शुरु गरिएको सरसफाई कार्यक्रममा सहभागीहरुले एनसिसिएन बजार लगायत बढी भीडभाड हुने स्थानहरुमा अव्यवस्थित रुपमा रहेका फोहोरलाई एकत्रित गरी विसर्जन गरिएको वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

कोहलपुर नगर प्रहरीको विशेष पहलमा नगरका विभिन्न स्थानहरुमा सरसफाई अभियान सञ्चालन गर्ने क्रममा शनिवार वडा नं. ५ मा सरसफाई गरिएको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, आवासका लागि सहयोग समुह लुमन्ति, नगर प्रहरी, रझेना तरकारी उत्पादक सहकारी संस्था, नवकाली सहकारी, बसन्त बचत तथा ऋण सहकारी संस्था, ज्ञान दियो बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा वडाबासीको सक्रियतामा सरसफाई गरिएको हो ।


कोहलपुरलाई हरित नगर बनाउँदै स्वच्छ सफा र वातावरणमैत्री बनाउनु नगर प्रहरीको सक्रियतामा हरेक शनिवार सरसफाई गर्ने क्रममा शनिवार एनसिसिएनमा सरसफाई सम्पन्न गरिएको हो ।

नागरिकहरु आफै जागरुक भएर आफ्नो घर आँगन, टोल र चौराहालाई सफा राख्नु हरेक नागरिकको कर्तब्य भएको औल्याउँदै वडाध्यक्ष श्रेष्ठले फोहोरजन्य वस्तुलाई जथाभावी नफाल्न वडाबासीहरुलाई आग्रह गरे । उनले फोहोरलाई कुहिने र नकुहिने गरी अलग अलग राखेर कुहिने फोहोरलाई मलको रुपमा प्रयोग गर्न र नकुहिने फोहोरलाई नगरपालिकाबाट आउने फोहोर संकलकहरुलाई दिन समेत आव्हान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुख कटान आदेश नहुँदा कोहलपुर–सुर्खेत विद्युत् विस्तार अवरुद्ध

३० मंसिर २०८०, शनिबार १४:१८
नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । आयोजना प्रमुख रवि चौधरीका अनुसार विवादरहित क्षेत्रमा काम सकिए पनि निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको हो । अहिलेसम्म २२ […]