नरैनापुरमा प्रहरीको भवन उद्घाटन

६ चैत्र २०७५, बुधबार १८:३४
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ भगवानपुर स्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको बुधवार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरेका हुन् । गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार मौर्य, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, नेपाली कांग्रेसका नेता रामचन्द्र मौर्य, महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेशकार सिंहलगायत बालेका थिए ।
अध्यक्ष शाहले गाउँपालिकाको शान्ति सुरक्षाका लागि स्थापित इलाका प्रहरी कार्यालयको भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले आगामी बर्षमा पनि सहयोग गर्दै जाने बताए । नरैनापुर गाउँपालिकाका सबै वडा र राप्तीसोनारी गाउँपालिकाका ६ र ७ नम्बर वडा इलाका प्रहरी कार्यालय भगवानपुरको कार्यक्षेत्र हो ।

Next Post

छ वर्षअघि अपहरण गरी फिरौती लिएर बेपत्ता पार्ने साई प्रहरी नियन्त्रणमा

६ चैत्र २०७५, बुधबार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अपहरण र शरिर बन्धकको मुद्दामा फरार रहेका एक व्यक्तिलाई ६ वर्षपछि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । २०६९ असार २६ गते बाँके नेपालगन्ज उप–महानगरपालिका ९ का २२ वर्षिय मुन्नु अन्सारीलाई अपरहण गरी भारतमा लगेर फिरौती समेत लिएर बेपत्ता बनाएको आरोपमा फरार रहेका बाँकेको […]