नेपालगञ्ज साइक्लिङ क्लबको अध्यक्षमा सापकोटा

सदरलाइन संवाददाता ८ पुष २०८०, आईतवार १३:५१
 

नेपालगञ्ज : नेपालगञ्ज साइक्लिङ क्लबको अध्यक्षमा प्रदिप सापकोटा निर्वाचित भएका छन् । क्लबको नेपालगञ्जमा सम्पन्न चौथो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।

क्लबको वरिस्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की, उपाध्यक्ष कविराम बुढाथोकी, सचिवमा इन्द्र गिरी, कोषाध्यक्ष राजेश गुप्ता तथा सह–सचिव दिपक मल्ल लगायत कार्यसमिति पदाधिकारी निर्वाचित भएका हुन् । नेपालगञ्जमा स्थापित भएको उक्त क्लबले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।


नेपालगञ्जमा साईक्लिङ गर्ने अभ्यासलाई सोही क्लबले अगाडी बढाएको हो । क्लबले विभिन्न साईकल प्रतियोगिता पनि गर्दै आएको छ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा टेवा पुगेको विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँघरमा खाना पकाउन गुइँठाको प्रयोग कायमै

८ पुष २०८०, आईतवार १३:५१
नेपालगञ्ज : ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउँछन् । […]