जिपको ठक्करबाट बाँकेमा प्रहरी जवानको मृत्यु

सदरलाइन संवाददाता २९ मंसिर २०८०, शुक्रबार १२:४९
 

नेपालगञ्ज : जिपको ठक्करले बाँकेको कोहलपुरमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको मृत्यु भएको हो । जिपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो ।

जिपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन् ।

उनको कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए ।


गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढा क्षेत्रीलाई जिपले ठक्कर दिएको थियो ।

घाइते बुढा क्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ ।

ठक्कर दिएर फरार भएका जिपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

२९ मंसिर २०८०, शुक्रबार १२:४९
नेपालगञ्ज : लेनदेन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को गुड्डु कसगर पक्राउ परेका हुन् । लेनदेन बिगो बापत कैद मुद्दामा २ बर्ष कैद सजाय तोकिएकोमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले […]