सदरलाइनडटकम
१५ चैत, नेपालगन्ज : पश्चिम नेपालको केन्द्र नेपालगन्जमा शिक्षाको जग बसाल्ने ऐतिहासिक धरोहरहरुलाई संरक्षण नगर्दा जिर्ण बनेका छन् । ऐतिहासिक धरोहर संरक्षण गर्नका लागि चौतर्फी दबाब बढेको छ ।
नेपालगन्जमा शिक्षाको जग बसाल्ने मंगल स्कुल खण्डहर बनेको भन्दै बरिष्ठ साहित्यकार एवं शिक्षासेवी सनत रेग्मीले सार्वजनिक रुपमा शैक्षिक धरोहर संरक्षण गर्न माग गरेका छन् । अहिले उक्त भवन खण्डहर बनेको छ । सन् १९८१ मा मंगलप्रसाद साहुले सो स्कुलको स्थापना गरेका थिए ।
सनत रेग्मीले सो बिद्यालयको संरक्षण हुन आवश्यक रहेको बताएपछि बिद्यालय संरक्षण गर्न अर्का साहित्यकार महानन्द ढकालले आग्रह गरे । अन्य ब्यक्तित्वहरुले पनि बिद्यालय संरक्षण गर्न आग्रह गरेका छन् ।
