लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २९ मंसिर २०८०, शुक्रबार १२:५४
 

नेपालगञ्ज : लेनदेन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को गुड्डु कसगर पक्राउ परेका हुन् ।

लेनदेन बिगो बापत कैद मुद्दामा २ बर्ष कैद सजाय तोकिएकोमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।


उनका अनुसार, कसगरलाई बाँके जिल्ला अदालतले २०८० असोज १९ गते लेनदेन बिगो बापत कैद मुद्दामा २ बर्ष कैद सजाय तोकिएको थियो । त्यस पश्चात उनी हालसम्म फरार भएका थिए ।

पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३२ लाख बराबरको अवैध सामान बरामद

२९ मंसिर २०८०, शुक्रबार १२:५४
नेपालगञ्ज : बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा […]