नेपालगञ्ज : नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु वालसुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुका लागि एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघको लुम्बिनी अध्यक्ष संन्ध्या जोशीलेसंघले विभिन्न सामाजिक तथा मानविय कार्य गर्नेक्रममा जयेन्दु बालसुधार गृहमा निसुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिईन ।
उनले प्रदेशमा संघको स्थापना भएको छोटो समयमा आफुहरुले विभिन्न सामाजिक तथा जनसेवाका मानविय कार्यहरु गर्दै आएकोमा बाल सुधार केन्द्रका बालकहरुका लागि सानो प्रयास गरेको बताईन ।
सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उमेशराज जोशीले बालसुधार गृहमा रहेका बालकहरुमा छालासम्न्धी समस्या रहको जानकारी प्राप्त भएपछि उनीहरुको स्वास्थ्य समस्यालाई समाधान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँके, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज, कान्ती आरोग्य अस्प्ताल नेपालगञ्ज लगयतको सहयोगमा स्वस्थ्य शिविरको आयोजना गरिएको बताए ।
उनले हेही दिन अघि सो केन्द्रमा भएको घटनाको बेलामा आफुले उनीहरुको मनोभावना बुझ्न पाएको र उनीहरुमा विभिन्न खालका रोग तथा संक्रमण खासगरी छालामा देखिएकोले प्रहरी श्रीमती संघको पहलामा एकदिने बृहद स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।
बालसुधार केन्द्रमा रहेका बालकहरुका लागि सो स्वास्थ्य शिविर अत्यन्त लाभदायी भएको सैवाग्राहीले बताएका छन् । उनीहरुले सुधारगृहमा बस्नको लागि कोचाकोच हुने कारणले आफुहरुमा छालासम्बन्धित रोगले अत्यन्तै प्रभावित बनाएको अवस्थामा आयोजना गरिएको स्वास्थ्इ शिविरले लाभ मिलेको बताए ।
सो बालसुधार केन्द्रमा रहेका २ सय ७ जनाले सेवा लिन सफल भएको र उनीह्रु मध्ये सबै भन्दा बढीमा छालमा ईन्फेक्सन, चिलाउने, लुतो दाद जस्तो समस्या रहेको पाईएको शिविरमा संलग्न चिकित्सकले जनाएका छन ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, प्रहरी प्रमु्ख सुवाष बोहरा, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका डा अमिनकुमार श्रेष्ठ, डा. अचुत विक्रम हमाल, कान्ति आरोग्य अस्पताल नेपालगञ्जका बरिष्ठ बालरोग विशेषज्ञ डा रोमा बोरा, केन्द्रका जग्गा दाता जयकेश शिंह, वार्डेन विमला काउचालगायतको उपस्थिति रहेको थियो ।