नेपालगञ्जका मिठाई पसलमा अनुगमन

सदरलाइन संवाददाता २७ मंसिर २०८०, बुधबार १४:२८
 

नेपालगञ्ज : बाँके प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । प्रशासनको नेतृत्वमा नेपालगञ्जका विभिन्न मिठाई पसलमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले नेपालगञ्जका विभिन्न मिठाई पसलहरुको अनुगमन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलका अनुसार अनुगमनका क्रममा उपभोक्ताको हितविपरीत सञ्चालित केही मिठाई पसललाई नगद जरिवानाका साथै मिठाईको उत्पादनमा समेत रोक्का गरी कारबाही गरिएको छ ।

राम मिष्ठान भण्डारको मिठाई उत्पादन गर्ने कारखाना असाध्यै फोहोर रहेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपैयाँ जरिवाना गरिएको र सरसफाइको सुनिश्चितता नहुँदा सम्मका लागि मिठाई कारखानाको उत्पादन रोक्का गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुनासमेत सङ्कलन गरिएको छ ।

त्यसैगरी, श्याम मिष्ठान्न भण्डारले पनि सरसफाइ नगरेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपैयाँ जरीवानाका साथै सरसफाइ सुनिश्चितता नहुँदासम्मका लागि मिठाई उत्पादन रोक्का गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताए । उक्त पसलबाट सडेगलेको तथा बिग्रेको अवस्थामा फेला परेको ५ किलो मिठाई नष्ट गरिएको र बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको उनले जानकारी दिए ।


मधुवन स्वीट पसलमा पनि सरसफाइ नगरेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरिवानाका साथै सरसफाइ सुनिश्चितता नहुँदासम्मका लागि मिठाई उत्पादन रोक्का गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताए । उक्त पसलबाट बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी लिटिल हङ्गर एण्ड स्वीट बेकरीबाट म्याद गुज्रेको अवस्थामा रहेको लिक्विड फ्लेवर दुई लिटर र कोकोनट पाउडर एक प्याकेट फेला पारी नष्ट गरिएको र बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायको संयुक्त टोलीले दैनिकजसो नेपालगञ्जका विभिन्न पसलमा अनुगमन गर्नुका साथै कारबाही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–बर्दियाका व्यवसायीले उद्योगको साँचो सरकारलाई बुझाउने

२७ मंसिर २०८०, बुधबार १४:२८
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनरत बाँके, बर्दियाका व्यवसायीले उद्योग,प्रतिष्ठानको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् । दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै बुधवार व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले यस्तो घोषणा गरेको हो । समिति संयोजक टंकबहादुर धामीले संघर्षका कार्यक्रम घोषणा गर्दै आफ्ना मागहरु पुरा नभए उदोगी,व्यवसायीले उद्योग […]