डुडुवाले गर्यो नीति तथा कार्यक्रम सार्वजनिक

१० असार २०७५, आईतवार २३:१८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको तेस्रो गाउँसभाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ११ वटा शिर्षक अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन बाताबरण, समुदायको विकास, भौतिक पुर्वाधार, सडक, नाला, खानेपानीका योजना, रोजगारी, सरसफाई ढल निकास, विपत व्यवस्थापन, सुशासन कार्यक्रम लगायतको कार्यक्रम प्रस्तुत गरेका हुन ।
नीति तथा कार्यक्रममा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित विभिन्न अभियानको प्रभावकारिता र दिगोपनाका लागि यो वर्ष पनि निरन्तरता दिएको छ । गाउँपालिकाले शुरु गरेको घरघरमा स्वास्थ्य, घरघरमा पशु स्वास्थ्य सेवा, घरघरमा एसइइको अभियानलाई प्रभावकारी र दिगो बनाइने छ ।
त्यस्तै सेवा प्रवाहको गुणस्तरियता र प्रभावकारिताका लागि घुम्ती सेवा, नयाँ प्रविधिको प्रयोग, सुविधा सम्पन्न अस्पताल, सार्वजनिक शौचालय, सेवाग्राही मैत्री गाउँपालिकामा जोड दिइएको छ । गाउँपालिका अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति वडाध्यक्षहरुले थप योजना तथा सल्लाह सुझाव प्रदान गरेका थिए ।
आइतबार प्रस्तुत भएको निति तथा कार्यक्रममाथी छलफल गरि ५ दिनभित्र सोही अनुरुप बजेट पारित गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताए । उनका अनुसार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथी छलफल गर्ने र अवश्यकता अनुसार संशोधन गरि सोही अनुरुप बजेट पारित गरिनेछ । 

Next Post

क्यान्सर अस्पतालको सेवा सुरु

१० असार २०७५, आईतवार २३:१८
सदरलाइनडटकम ११ असार, नेपालगन्ज :  स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री ईस्तियाक राई नेपालगन्जका बिभिन्न कार्यक्रममा व्यस्त छन् । सोमबार बिहान भेरी अन्चल अस्पतालको अनुगमन गरेका उनीहरु यतिबेला खजुरास्थित क्यान्सर अस्पतालको सेवा शुभारम्भ कार्यक्रमको सहभागिता जनाइरहेका छन् । झण्डै एकदशकसम्मको तयारीपछि भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भई ओपिडी सेवा […]