कोहलपुरको भ्यू–टावर सर्वसाधारणका लागि खुला

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १५:१९
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैँले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

पाँच करोड ३५ लाख रुपैयाँमा निर्माण गरिएको भ्यू–टावर सञ्चालनका लागि पटक–पटक बोलपत्र आब्हान भए पनि निवेदन नपरेपछि नगरपालिका आफैले सञ्चालन गर्न लागेको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भ्यू–टावर आन्तरिक र बाह्य पर्यटक कोहलपुर भित्र्याउन सहयोगी सिद्ध हुने बताए । उनले भने, ‘कोहलपुरको पर्यटन विकासका लागि यसबाट लाभ मिल्ने विश्वास लिएका छौं ।’


भ्यू–टावर प्रवेश शुल्क प्रतिव्यक्ति ७५ रुपैयाँ कायम गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । भ्यू–टावर सञ्चालनका लागि नगर प्रहरी परिचालन गरिएको छ । कोहलपुरमा व्यापार मेला सञ्चालन भइरहेका कारण प्रचार–प्रसारका लागि भ्यू–टावर खुला गरिएको थापाको भनाइ छ ।

निवर्तमान नगरप्रमुख लुटबहादुर रावतको पालामा गौरवको योजना मानेर भ्यू–टावर निर्माण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुटपिट गर्ने खजुराका वडाध्यक्षलाई कारवाहीको माग

२६ माघ २०८०, शुक्रबार १५:१९
नेपालगञ्ज : खजुरा गाउँपालिका –५ का वडाध्यक्षले प्राविधिक कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीका चार सङ्गठनले कारवाहीको माग गरेका छन् । कर्मचारीले संयुक्त विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारवाहीको माग गरेका हुन् । नेपाल निजामति कर्मचारी सङ्गठन बाँकेका अध्यक्ष देवीलाल चौलागाई, नेपाल निजामति कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धवप्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय निजामति […]