नक्कली कर्मचारी नियुक्तिको आरोपमा पक्राउ

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १३:४४
 

नेपालगञ्ज : नेपालगञ्जबाट बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज–१७ का प्रदिप वर्मासँग ३६ हजार रुपैयाँ लिएर अनुसन्धानको विभागको छाप किर्ते गरी नक्कली नियुक्त पत्र बनाएर जागिर लगाइदिएका नेपालगञ्ज –२२ का फहद खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेका खाँले वर्मालाई २०८० भदौ ३ गते जागिर लगाएर तलब नदिएपछि घटनाको रहस्य बाहिरिएको हो ।


प्रहरीले अन्य कोहीलाई निजले ठगी गरेको भए जिल्ला प्रहरीमा उजुरी दिन अनुरोध गरेको छ ।

प्रहरीले पक्राउ परेका खाँसँँग थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सरकारमा आउला र विकास गर्ला भनेर केही शक्ति आतङ्कित भएका छन् : केपी ओली

२३ मंसिर २०८०, शनिबार १३:४४
गोरखा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा आउला र विकासको काम गर्ला भनेर केही शक्ति आतङ्कित भएको टिप्पणी गरेका छन् । नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प अभियानको क्रममा शनिबार गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो टिप्पणी गरेका हुन । उनले जति छिटो पूर्वाधार निर्माणको काम […]

सम्बन्धित