सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

४ माघ २०७५, शुक्रबार १५:२०
 

काठमाडौँ, : सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ ।


यस्तै उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ ।

गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले रु १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा रु दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् । रासस

Next Post

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

४ माघ २०७५, शुक्रबार १५:२०
हेटौँडा  : प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा […]

सम्बन्धित