बाँकेमा दुई जनामा मात्र कोरोना पुष्टि

सदरलाइन संवाददाता १६ फाल्गुन २०७८, सोमबार १३:४१
 

नेपालगञ्ज : बाँकेमा ३९ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ ।

कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी ल्याबमा १० जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको छैन । बाँकेमा सक्रिय संक्रमितको संख्या ११ जनामा झरेको छ ।


अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । यस्तै थप चार जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ६६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

१६ फाल्गुन २०७८, सोमबार १३:४१
नेपालगञ्ज : बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन। संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ। नेत्रविक्रम चन्द, मोहन वैद्य, […]