विधेयकको विरोधमा पत्रकार महासंघ आन्दोलित

३ जेष्ठ २०७६, शुक्रबार १६:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका पत्रकारहरु सरकारले ल्याउन लागेको नयाँ बिधेयकबिरुद्ध सडकमा उत्रिएका छन् । प्रेस काउन्सिल बिधेयक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि भएको भन्दै संचार सामाग्री सहित पत्रकारहरु बिरोधमा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वमा बिपी चोकमा जम्मा भएका पत्रकारहरुले आफुले प्रयोग गर्दै आएका सञ्चार सामग्रीहरु सडकमै राखेर सांकेतिक बिरोध जनाए ।
बिरोध कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मधु शाही, शाखा अध्यक्ष ठाकुर सिंह थारु, पूर्वकेन्द्रीय सदस्य झलक गैरे, उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतले बिधेयक फिर्ता गरि प्रेस मैत्री बनाउन माग गरे । नेपाल सरकारको मन्त्री परिषदबाट पारित भई गत बैसाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको पत्रकार महासंघको निष्कर्ष छ ।
मिडिया काउन्सिल गठन गर्न सरकारले दर्ता गराएको विधेयकमा पत्रकार आचासंहिता उल्लङ्घन भएमा पत्रकारलाई २५ हजार देखि १० लाखसम्म जरिवाना हुनसक्ने बुँदा उल्लेख गरिएको छ । बिधेयकले विधेयकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघको घोषित केन्द्रिय कार्यक्रम अन्तर्गत शुक्रबार बाँके लगायत देशभरका पत्रकारहरु सञ्चार सामग्रीसहित सडकमा आएका हुन् ।

Next Post

सगरमाथामा भारतीय नागरिकको मृत्यु

३ जेष्ठ २०७६, शुक्रबार १६:४६
सदरलाइनडटकम, काठमाण्डौ : सगरमाथाको चौथो शिविरमा एक जनाको मृत्यु भएको छ । बिहीवार सगरमाथा आरोहण गरेर फर्किएका भारतीय नागरिक रवि ठाकुरको बिहीवार राति सुतेकै ठाउँमा मृत्यु भएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनले आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन अभावले ज्यान गएको हुन सक्ने […]

सम्बन्धित