लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आइटीमा आकर्षण

सदरलाइन संवाददाता २० मंसिर २०८०, बुधबार १३:४५
 

नेपालगञ्ज : नेपालगञ्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ । आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन् ।

आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तरक्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी शिक्षा अध्ययन गर्न आएको बताएका छन् । नेपालगञ्ज रामनगरकी तृष्णा विकले नर्सिङ पढ्ने इच्छालाई त्यागेर आइटी पढ्न आएको बताइन् ।

महाराजगन्ज–५, कपिलवस्तुका व्रिजमोहन पासी पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बी टेक इन आइटी विषयमै भर्ना भएका छन् । “भविष्यमा सफ्टवेयर विकास गर्ने लक्ष्य छ, गणित पढेर शिक्षक बन्ने इच्छा मारेर सफ्टवेयर विकास गर्ने लक्ष्य पूरा गर्नका लागि आइटी विषय रोजेको भनाइ उनको छ । विद्यार्थी पासीले भने, “तीनवर्षे कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा कोर्षसमेत गरेको छु, यो विश्वविद्यालयमा ७५ प्रतिशत छुटमा छात्रवृत्तिमा १ नम्बरमा नाम निस्कियो, घरको अवस्था अत्यन्तै कमजोर थियो, छात्रवृत्ति पाएपछि सहज भएको छ ।”


विदेश जाने सोच त्यागेर बी टेक इन आइटीमा भर्ना भएकी कोहलपुर नगरपालिका–५ की शर्मिला शाहीले सिटिइभिटीबाट तीनवर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कोर्ष पूरा गरेको बताउँछन् ।

राप्ती गाउँपालिका–४, मौरीघाट दाङका भेषमान कुँवरले छोरी सुषमाको इच्छा अनुसार प्रविधि क्षेत्रमा बी टेक इन सिएस एन्ड एआइमा भर्ना गरेको बताए । लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत लुम्बिनी प्राविधिक विश्वविद्यालय २०७९ असार १८ गते नेपालगञ्जमा स्थापना भएको हो । सो विद्यालयमा आइटी अध्ययन गर्न इच्छुक विद्यालयको चाप बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२० मंसिर २०८०, बुधबार १३:४५
नेपालगञ्ज : धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले मंगलवार राती ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता भवानीप्रसाद धमलाले धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै […]