बच्चा जन्मिदै सिकलसेल/थाल्सेमियाको जाँच गराउन चिकित्सकको सुझाव

२६ असार २०७५, मंगलवार ११:०४
 

सदरलाइन / रुद्र सुवेदी
नेपालगन्ज : थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमियाँ रोकथामको लागि बच्चा जन्मिनासाथ सिकलसेल जाँच गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन् ।
भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सिकलसेलको निराकरणका लागि समुदायमा सचेतनासंगै रोकथामको लागि विभिन्न उपाय मध्ये समुदायमा जन्मने नयाँ बच्चालाई सिकलसेल एनिमिया/थालसेमिया भए नभएको जाँच गराउनु पर्ने बताए ।
डा. पाण्डेले सिकलसेल एनिमिया बच्चा जन्मदै आमाबाबुबाट उनीहरुमा आउने भएकोले त्यस्ता बच्चालाई निमोनिया, जन्डिसको लक्षण देखिने गरेको बताउँदै बच्चालाई सिकलसेल जाँच गरेको अवस्थामा चिकित्सकलाई उपचार गर्न सजिलो हुने नभए चिकित्सकलाई उपचारमा समस्या हुनसक्ने भएकोले समुदायमा बच्चा जन्मने वित्तिकै सिकलसेल जाँच गराउनु पर्नेमा जोड दिए ।
उनले अमेरिका, बेलायत जस्ता विकसित देशमा बच्चा जमिन्नासाथ सिकलसेल र थालसिमियाको जाँच हुने गरेको बताउँदै नेपालमा पनि जाँच गर्ने नीति ल्याउनु पर्ने बताए । जन्मिनासाथ जाँच भए रोगको पहिचान हुने र उपचारमा सहज भई जोखिम कम हुने उनको भनाई छ ।
उनले सानैमा रोगको पहिचान हुन नसक्दा धेरैले दुख पाएको बताए । रोग र समस्याको बारेमा पहिचान नभएकै कारण एउटा रोगको उपचार गर्नुपर्ने ठाउँमा अर्को रोगको उपचार हुने गरेको बताए । उनले आफु कार्यरत भेरी अञ्चल अस्पतालमा उपचारको लागि आएका सिकलसेलका विरामीको भोगाई सम्झदै भने–‘पेट दुखेर एपेन्डिक्स भयो भनेर अपरेशनको लागि तयार भएको विरामी सिकलसेल जाँच गर्दा सिकलसेलका कारण दुखेको पाईयो, विरामीलाई एपिन्डिस भएको भन्दै झन्डैले अपे्रशन भएन । यस्ता खाले केश धेरै भएका छन् ।’ उनले एपिन्डिसको शल्यक्रियाका लागि तयार भएको विरामीको जाँच गर्दा सिकलसेल फेला परेको र उपचार पछि निको भएर घर गएको बताए ।

Next Post

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

२६ असार २०७५, मंगलवार ११:०४
रोल्पा, रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरे । पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको […]

सम्बन्धित