भेरी अस्पतालमा एमआरआई मेसिन सञ्चालन गर्ने निर्णय

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १५:२६
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा बसेको समितिको बैठकले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै मेसिन तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताए ।


उनले सो मेसिन जडानका लागि आवश्यक पर्ने सबै कुरा उपलब्ध गराएर छिटो भन्दा छिटो मेसिन जडान गर्ने विकास समितिले निर्णय गरेको बताए ।

अस्पताल विकास समितिले पूर्णता पाएकोले मेसिन जडान लगायत रोकिएका काम अब पुनः सुरु गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

२५ माघ २०८०, बिहीबार १५:२६
नेपालगञ्ज : बाँके प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ साइमार्गस्थित सडकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत विरेन्द्रनगर नगरपालिका–३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले जानकारी दिए । […]