मानव बेचविखनविरुद्ध अन्तरपुस्ता संवाद कार्यक्रम

सदरलाइन संवाददाता २६ मंसिर २०७८, आईतवार ११:१७
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको ‘प्राटेक्ट’ परियोजना अन्तर्गत बाँकेका चार स्थानीय तहका मानवबेच विखन बिरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारी तथा सदस्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा तथा बैजनाथ गाउँपालिकामा गठन गरिएका मानव बेचविखन विरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारीका लागि सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो ।

सो संवाद कार्यक्रमको अध्यक्षता गर्दै खजुरा गाउँपालिकाका उपमेयर एकमाया विकले मानव बेचबिखन नियन्त्रण र बालअधिकार बहालका लागि यस्ता संवाद कार्यक्रमहरु निकै फलदायी हुने बताईन ।


कार्यक्रममा खजुराका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी नायव निरिक्षक दिलसरा राना लगायतले महिला बेचविखन नियन्त्रणका लागि सबैले सामुहिक रुपमा प्रयास नगरेसम्म सो नरोकिनेमा जोड दिएका थिए ।

बाँके युनेस्को क्लबले मानवबेचविखन नियन्त्रणका लागि जिल्लाका विभिन्न ठाउँमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गर्दै आएको छ ।

बालबालिकाहरु र युवाका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गरेर मानवबेचविखन विरुद्ध सेचतना बढाउन सो सम्वाद निकै महत्वपुर्ण रहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । कार्यक्रमको सहजीकरण परियोजनाका फिल्ड सुपरवाइजर शंकर सिंह थारुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक अभियन्ता अधिवक्ता पराजुलीलाई भारतको नयाँ दिल्लीमा अन्तराष्ट्रिय सम्मान

२६ मंसिर २०७८, आईतवार ११:१७
नेपालगञ्ज : सामाजिक क्षेत्रमा विषेश योगदान पुराए वापत अन्तर्राष्ट्रिय ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सामाजिक अभियन्ता तथा अधिवक्ता मीना पराजुली भारतको नयाँ दिल्लीमा सम्मानित भएकी छन । बालबालिका, महिला र सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर क्रियाशिल रहेकी पराजुली आफ्नो कार्यकालको अधिकांश समय पश्चिम नेपालको खासगरी विकट […]

सम्बन्धित