हात्तीबाट हुने मानवीय क्षति कम गर्न हात्ती पूजा

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १३:३२
 

बर्दिया : बर्दियामा थारु गुरुवाहरुबाट हात्तीको पूजा गर्ने चलन छ । हात्तीको पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जन विश्वास छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले दक्षिण एसियाकै सबैभन्दा ठूलो गजराज हात्ती बर्दियामै रहेको र उक्त गजराज हात्तीको नाममा बर्दिया निकुञ्जस्थित हात्तीसार नजिकै गजराज स्तम्भ खडा गरिएको स्थानमा प्रत्येक वर्ष हात्तीपूजा हुने गरेको बताए । उक्त स्तम्भमा थारु गुरुवाहरुबाट पूजा पाठ गरी हात्तीपुजा गरिन्छ । करिव १५।२० जना गुरुवाहरुले एकै पटक काप्दै जिब्रो छेड्ने गर्छन् भने खाली खुट्टा बलिरहेको आगोमा हिँड्छन् ।


थारु गुरुवाको पूजा पाठपछि सिङ्गारिएका हात्तीलाई टिका लगाई मिठो खानेकुरा दिने चलन छ । पहिलेपहिले हात्तीबाट सुंँगुुर किचेर हात्तीपुजा गर्ने पुरानो परम्परालाई परिमार्गजन गरी थारु गुरुवाहरुबाट हात्तीको पूजा गर्ने थालनी गरिएको थारु गुरुवाका प्रमुख ठाकुरप्रसाद थारुले बताए ।

जङ्गली हात्तीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले लगाएको अन्नबाली खाईदिनुका साथै घर भत्काईदिने र मानवीय क्षेती समेत गर्ने गर्दछन् । विशेषगरी हात्तीको पूजापाठपछि मानव वन्यजन्तुबिच हुने द्वन्द्व कम हुने र मानव तथा वन्यजन्तुबिच सह अस्तित्व कायम हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री शाह र इजरायली राजदूतबिच भेटवार्ता

१९ मंसिर २०८०, मंगलवार १३:३२
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मंगलवार भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरुप राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन् । मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह […]