सदरलाइनडटकम,
काठमाण्डौ : राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाण्डौमा सरकारविरुद्ध प्रर्दशन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आईतवार काठमाण्डौमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म यार्लीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आव्हानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
