सदरलाइनडटकम,
काठमाण्डौ : टर्कीमा एक ९३ वर्षीया वृद्धाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेकी छिन् । विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बेला यो राहतको खबर आएको हो ।
टर्कीकी ९३ वर्षीया महिलाको कोरोनालाई हराएकी हुन् । इस्तानबुलको एक अस्पतालमा १० दिनसम्म उपचार गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । टर्कीमा अहिलेसम्म ४७ हजारभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् । संक्रमणको हिसाबले टर्की नवौँ स्थानमा छ । इटलीमा कोरोनाको कारण अहिलेसम्म एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । (एजेन्सी)
