डुडुवाका लेखा अधिकृतको मोटरसाइकल भेटियो

सदरलाइन संवाददाता १८ मंसिर २०८०, सोमबार १५:४४
 

नेपालगञ्ज : बाँके प्रहरीले चोरी भएको डुडुवा गाउँपालिकाका लेखा अधिकृतले चढ्ने मोटरसाइकल फेला पारेको छ । भे १ ब १७९६ नम्बरको मोटरसाइकल नेपालगञ्जको कारकाँदोबाट चोरी भएको थियो ।


प्रहरीले कारकाँदोबाटै भारतको जिला बहराइच नानपारा बस्ने २० वर्षीय अमन श्रीवास्तवालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ । पछिल्लो दुई महिनायता नेपालगञ्जमा २२ वटा मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक लाख बढीको अवैध सामान बरामद

१८ मंसिर २०८०, सोमबार १५:४४
नेपालगञ्ज : बाँकेमा १ लाख बढीको भन्सार छलिको सामान प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० वन कार्यालय नजिक बाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याईएको बेवारिसे अवस्था राखिएको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार, पर्दा १६० पिस, टेबुल कबर ४० पिस सिरानीको खोल १९ […]