सोमवार रातिदेखि बाँके जिल्ला लकडाउन

सदरलाइन संवाददाता १२ बैशाख २०७८, आईतवार १७:१२
 

नेपालगञ्ज : सोमवार राति १२ बजेदेखि एक साताका लागि बाँके जिल्ला लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आइतवार जारी सूचनामा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न बैशाख १३ गते राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म लकडाउन गरिने उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । बैंक, वित्तीय संस्था सबै बन्द हुनेछन् । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।


दैनिक उपभोग्य बस्तु खरिदका लागि विहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिकामा यसअघि नै बैशाख ८ गते राति १२ बजेदेखि लकडाउन जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरले ५० शैयाको आइसोलेशन बनाउँदै

१२ बैशाख २०७८, आईतवार १७:१२
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ । नयाँ आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज होस् भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ । नेपालगञ्जकी उप–प्रमुख उमा थापा मगरले उक्त […]

ताजा अपडेट