प्रधानमन्त्रीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको भवन उद्दघाटन

२८ माघ २०७४, आईतवार १८:४५
 

सदरलाइनडटकम  
२८ माघ, जुम्ला  : मध्यपश्चिम नेपाल कै विकट क्षेत्रका जनताको स्वस्थ्योपचारको लागि ठूलो गौरबको आयोजनाका रूपमा रहेको ३ सय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ ।
तीनवर्ष समायावधि लगाएर निर्माण सम्पन्न भएको अस्पताल आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । उद्घाटन संगै प्रधानमन्त्रीले हाल सञ्चालनमा रहेका एकसय शैयाको अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण पनि गरे ।
निर्माण सम्झौता भएको तीन महिना अगावै सकिएपछि फागुन १५ मा गर्ने भनिएको उद्घाटन अघि सरेको हो । अस्पताल उद्घाटनका लागि जुम्ला पुगेका प्रधानमन्त्रीले देउवाले कर्णालीमा तीन सय शैयाको अस्पताल बन्नु पश्चिम नेपालका जनतामा स्तरिय स्वास्थ्य सेवामा पहुँचमा पुग्ने विश्वास व्यक्त गरे ।
‘कर्णालीमा मात्रै होइन, राष्ट्रिय स्तरकै एकमात्र संस्था भएको छ,’ उनले भने, ‘अब उपचार नपाएर कर्णालीका कोहीले पनि मृत्युवरण गर्नुपर्ने छैन, सबैले आँगनमै चाहेअनुसारको स्वास्थ्य सेवा पाउनेछन् ।’ प्रतिष्ठानमा आवश्यक सहयोगका लागि जुनसुकै सरकार आएपनि तयार हुनुपर्नेमा जोड दिए ।
साथै उनले प्रतिष्ठान स्थापना र विशेषज्ञसहितको गुणस्तरिय सेवाले कर्णालीको दुर्गमतालाई दुर गर्ने विश्वास व्यक्त गरे । उनले विगतको जस्तै कर्णालीवासीले दुर्गमको भएको महशुस नगर्न आग्रह गर्दै भएका स्रोत साधनलाई समुचित रुपमा प्रयोग गर्दै आर्थिक केन्द्र समेत बनाउन अनुरोध गरे । उनले कर्णालीमा समस्या मात्रै नभई राज्यलाई पाल्नसक्ने सम्भावनाको क्षेत्र भएकाले सम्भावनालाई सफलतामा बदल्न राज्यको विशेष लगानी आवश्यक रहेको जोड दिए ।
यस्तै, प्रतिष्ठानको अस्पताल हस्तान्तरणमा पुगेका स्वास्थ्य मन्त्री दिपक बोहोराले स्वास्थ्य क्षेत्रमा कर्णाली आत्मनिर्भर भएको बताए । उनले भने ‘यहाँका नागरिकले अब स्वास्थ्य उपचारका लागि दुःख पाउने छैनन्, प्रतिष्ठानको सेवालाई यहाँका नागरिकहरुले सहुलियतका रुपमा सदुपयोग गर्नेछन् ।’

Next Post

प्रदेस नं.६ कै ठूलो अस्पताल जुम्लामा सञ्चालनमा

२८ माघ २०७४, आईतवार १८:४५
सदरलाइनडटकम  २८ माघ, जुम्ला  : नेपालकै विकट भनेर परिचित कर्णालीको जुम्लामा सुविधा सम्पन्न र ठूलो अस्पताल सञ्चालनमा आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीनसय शैयाको अस्पताल आईतबारदेखि सञ्चालनमा आएको हो । यो प्रदेश नं. ६ कै सबैभन्दा ठूलो र सुविधा सम्पन्न अस्पताल हो । प्रधानमन्त्री देउवाले औपचारिक रुपमा उद्घाटन […]