पार्टीको नारा मिसन ८४ नभई मिसन समाजबाद हो : नेता प्रभाकर

सुशील लामिछाने १४ पुष २०८०, शनिबार १९:०४
 

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टीको मुख्य नारा मिसन ८४ केन्द्रित नभई मिसन समाजबाद केन्द्रित भएको बताउका छन ।

उनले शनिबार नेपालगञ्जमा घरघरमा मानओवादी जनजनमा माओवादी अभियान अन्तरगत पार्टी निकट मधेशी मुक्तिमोर्चा, मुस्लिम मुक्तिमोर्चा र थारु राष्ट्रिय मुक्तिमोर्चाको संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले संघियताको पूर्ण कार्यान्वयनको लागि संघले संरचनामात्र हस्तान्त्रण गरेर नहुने कुरामा जोड दिदै पुर्ण कार्यान्वयनको लागि अधिकार प्रत्यायोजन गरीनु पर्ने कुरामा जोडदिदै भने–‘ संघियता विरोधीहरुले संघियता आवश्यक छैन भनेर उफ्रिदै आएका छन् । राज्यले सिन संघियताको नाममा संरचनामात्र दिएर हुँदैन पूर्ण कार्यान्वयनको लागि अधिकार प्रत्योजन गर्न आवश्यक छ ।’


उनले प्रदेश सरकार प्रदेश प्रहरी र प्रदेश निजामति कर्मचारी बिहीन अवस्थामा रहेको विषयलाई प्रकाश पार्दै भने–‘ प्रदेश प्रहरी ऐन र प्रदेश निजामती ऐन नहुँदा प्रदेशले केही पनि गर्न नसकेको अवस्था रहेको छ । यस्तो कुरामा कानून बनाउदै अधिकारप्रत्यायोजित हुन आवश्यक छ ।’

माओवादी नेता प्रभाकरले पार्टीलाई चलायमान बनाउनको लागि पार्टीको विषेश महाधिवेशन र विधान सम्मेलनको आवश्यकता भएको कुरालाई जोड दिदै मिसन ८४ भन्दा मिसन समाजबाद केन्द्रित भएर अघि वढ्नुको विकल्प नभएको बताए ।

सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी सोनाम, पार्टीनेतृ दामा शर्मा, लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमूना लगायतले सम्बोधन गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित झाँकी प्रस्तुत गरिएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण सम्पन्न

१४ पुष २०८०, शनिबार १९:०४
नेपालगञ्ज : बाँकेमा एमडिएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय बिशिष्ठता समूह बि–ग्रुपद्वारा सञ्चालित पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाबाट ३ पालिकाका ६ सय किसान र सरसफाईकर्मी लाभान्वित भएका छन् । परियोजनाले जिल्लाका तिनवटै पालिकाका प्रांगारिक खेती प्रणाली अपनाउने १ सय ५० किसान र ४ सय ५० सरसफाई जन्य कार्यमा संलग्न […]