एक लाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १३:१९
 

नेपालगञ्ज : बाँकेमा १ लाख बढीको भन्सार छलिको सामान प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० वन कार्यालय नजिक बाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याईएको बेवारिसे अवस्था राखिएको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार, पर्दा १६० पिस, टेबुल कबर ४० पिस सिरानीको खोल १९ पिस गरी जम्मा २१९ पिस, चिनी २५० किलो र दुध मलाई चामल १० बोरा १ लाख २५ हजार मूल्य बराबरको सामान बरामद गरिएको हो ।


बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

१९ मंसिर २०८०, मंगलवार १३:१९
नेपालगञ्ज : बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । वनका चौकीदार माघु थारुले जङ्गलमा […]