एचआइभी संक्रमणबाट बाँकेमा १७२ जनाकोे मृत्यु

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १३:१४
 

नेपालगञ्ज : एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले जानकारी दिए । यीमध्ये चार सय १२ जना बाँकेका हुन् ।

एचएचएफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय एचआइभी संक्रमण दर घटेको दाबी गरे । उनले आर्थिक वर्ष ०७८/७९ मा बाँकेमा ११ हजार सात सय ४५ जनाको एचआइभी परीक्षण गर्दा एक सय ५७ जनामा एचआइभी पुष्टि भएको जानकारी दिए । तर, आव ०७९/८० मा १७ हजार तीन सय २८ जनाको परीक्षण गर्दा एक सय नौजनामा एचआइभी पुष्टि भएको शाहले बताए ।

गर्भवती महिलामा पनि एचआइभी संक्रमण दर घटेको तथ्यांक छ । आव ०७९/८० मा जिल्लाका २१ हजार चार सय १६ जना जाँच गर्दा कसैमा पनि एचआइभी संक्रमण नदेखिएको उनले बताए । बाँकेमा जाँच भए पनि एचआइभी पुष्टि हुनेमा जिल्लाबाहिरका समेत भएको उनको भनाइ छ । ‘बाँकेमा आएर परीक्षण गराउनेको संख्या पनि उल्लेख्य छ । यहाँ पुष्टि भएकामध्ये केही बाहिरी जिल्लाका पनि छन्,’ उनले भने ।


भेरी अस्पतालले एचआइभी संक्रमितको उपचार र परीक्षण निःशुल्क गरिरहेको भेरी अस्पतालका ग्यास्ट्रोलोजिस्ट फिजिसियनसमेत रहेका एचआइभी एड्स फोकलपर्सन डा. संकेतकुमार रिसालले जानकारी दिए । उनले एचआइभी पुष्टि हुनेबित्तिकै एआरटी विधिमार्फत उपचार गरिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभीबारे सर्वसाधारणलाई जानकारी दिन सके संक्रमण न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशगजा नजिकै सडक निर्माणको सर्भे गर्दै भारतीय पक्ष

१७ मंसिर २०८०, आईतवार १३:१४
बर्दिया : भारतीय पक्षले बर्दियास्थित दशगजा नजिकै सडक निर्माणका लागि एकपक्षीय रूपमा सर्भे गरिरहेको छ । केही दिनअघि बढैयाताल गाउँपालिका–१ डाँफेनजिकै भारतीय टोलीले सडक निर्माणका लागि भन्दै सर्भे गरेको स्थानीयले बताएका छन् । उनले भने, ‘दशगजा नजिकै २० मिटर चौडाइको सडक निर्माणका लागि भन्दै भारतीय टोलीले नापजाँच गरिरहेको छ, नेपाली […]