दशगजा नजिकै सडक निर्माणको सर्भे गर्दै भारतीय पक्ष

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १३:२७
 

बर्दिया : भारतीय पक्षले बर्दियास्थित दशगजा नजिकै सडक निर्माणका लागि एकपक्षीय रूपमा सर्भे गरिरहेको छ । केही दिनअघि बढैयाताल गाउँपालिका–१ डाँफेनजिकै भारतीय टोलीले सडक निर्माणका लागि भन्दै सर्भे गरेको स्थानीयले बताएका छन् ।

उनले भने, ‘दशगजा नजिकै २० मिटर चौडाइको सडक निर्माणका लागि भन्दै भारतीय टोलीले नापजाँच गरिरहेको छ, नेपाली पक्ष साथमा नभएकाले हामीलाई शङ्का लागिरहेको छ ।’


नजिकै नेपाली सुरक्षा निकाय भए पनि सडकको सर्भेमा भारतीय टोली मात्रै आएको स्थानीयको भनाइ छ । भारतीय पक्षले दशगजासँग जोडेर सीमावर्ती क्षेत्रमा सडक निर्माण गरिरहेको छ । सीमावर्ती क्षेत्र अन्तर्गत बाँकेमा दशगजा नजिकै भएर भारतीय पक्षले सडक निर्माण गरिसकेको छ । सोही सडकसँग जोडिनेगरी भारतीय पक्षले बर्दियामा पनि सडक निर्माण गर्न लागेको हुनसक्ने आशङ्का स्थानीयको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले भने सीमा क्षेत्रमा भारतीय पक्षले गरिरहेको सडक सर्भेबारे जानकारी नभएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मोहनप्रसाद अर्यालले भने, ‘सिडियोसाब जिल्ला बाहिर हुनुहुन्छ, हालसम्म सीमावर्ती क्षेत्रमा सडक निर्माणको सर्भे भएको बारेमा हालसम्म कुनै जानकारी छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस पार्टी कार्यालयलाई एमाले गर्यो व्यवस्थापन

१७ मंसिर २०८०, आईतवार १३:२७
जाजरकोट : भूकम्पले क्षति गरेको जाजरकोटस्थित बारेकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको कांग्रेस पार्टी कार्यालयलाई नेकपा एमालेको स्वयंसेवक दस्ताले व्यवस्थापन गरेको छ । भत्किएको पार्टी कार्यालयमा नेकपा एमालेका स्वयंसेवक दस्ताले व्यवस्थापन गरेर भग्नावशेष निकाल्ने काम गरेको विपद व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले […]