क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जद्वारा ज्ञापनपत्र

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:०९
 

नेपालगञ्ज : क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जले नेपालगञ्जका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टलाई तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका अभियान्ता डा. विनोद कर्णसहितको टोलीले नगरप्रमुख विष्टलाई बुधवार ज्ञापनपत्र बुझाएको हो ।

सरसफाई, हरियाली र व्यवस्थित नेपालगञ्जका लागि तीन बुँदे ज्ञापनपत्र बुझाइएको डा कर्णले बताए । नेपालगञ्जको सरसफाईका लागि कूचिकारलाई तीन चरणमा ड्युटी खटाउनुपर्ने, कूचिकार पालिकाकै मातहतमा रहनुपर्ने, प्लाष्टिक मुक्त सहर बनाउन पहल थाल्नुपर्नेलगायतको उल्लेख गरिएको छ ।


यस्तै हरियाली नगरका लागि विरुवाहरु रोप्नु पर्ने, सुर्खेतरोडमा बनाइएको ग्रिनबेल्टलाई वाल र रेलिङग लगाई विरुवाहरुलाई सुरक्षित गर्नुपर्ने लगायतका माग गरिएको छ । यस्तै व्यवस्थित नगरका लागि ई रिक्साको तत्काल व्यवस्थापन गर्नुपर्ने, सडक व्यवपारलाई व्यवस्थित गरिनुपर्ने लगायतका माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको एक सुधार केन्द्रमा रहेका युवकको मृत्यु

१८ जेष्ठ २०७९, बुधबार १७:०९
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित सभ्य पाइला सुधार केन्द्रमा रहेका युवकको मृत्यु भएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा जानकी गाउँपालिका –२ चौधरीपुरका हिक्मत थापाको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबारदेखि सुधार केन्द्रमा बस्दै आएका थापा एक्कासि बिरामी […]

सम्बन्धित