सुजुकी बर्गम्यानको नेपालगञ्जमा प्रदर्शन

२५ पुष २०७५, बुधबार १७:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुजुकी कम्पनीले नयाँ सुजुकी स्कुटर बर्गम्यान १२५ सिसिको बुधवारदेखि बजारमा ल्याएको छ । सुजुकी कम्पनीको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले औपचारिकरुपमा उक्त स्कुटरको चावी आफ्ना सेवाग्राहीलाई हस्तान्तरण गर्दै बजारमा सार्वजनिक गरेको हो ।
केही दिन अगाडी एउटा कार्यक्रम को बिच बिक्री शुभारम्भ गरे पनि बुधवार पत्रकार सम्मेलन गरी र्यालीसमेत गरेको छ । सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित रहेको नेपाल ट्रेड इण्टरनेशनलका सञ्चालक पुष्कल नेपालले जानकारी दिए । स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने ५.६ लिटर ईंधन अट्ने ट्यांकी भएको उनले बताए ।
सुविधाजनक विशेषता स्कुटरमा रहेका नेपाल ट्रेड इण्टरनेश्नलले जनाएको छ । सुजुकी स्कूटर तथा बाईक नेपालगञ्जका लागि आधिकारिक बिक्रेता नेपाल ट्रेड इञ्टरनेशनलले लामो समयदेखि जापनीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटर बिक्री बितरण गर्दै आएको छ ।
नेपालगञ्जमा रहेको आफ्नो शोरुमबाट सुजुकी स्कूटर बर्गम्यान १२५ सीसी र्याली तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरि सार्वजनिक गरेको हो । सुजुकी ब्राण्ड जापनीज कम्पनिको भएकाले ५ बर्षको वारेन्टी दिइएको सञ्चालक नेपालले बताए ।

Next Post

सांस्कृतिक महोत्सवमा हेलिकप्टर उडाउन अनुमती

२५ पुष २०७५, बुधबार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ ले हेलिकप्टर उडान अनुमती पाएको छ । महोत्सवमा हेलिकप्टरबाट अवलोकन गराउने सम्बन्धमा बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेबाट उडानका लागि अनुमती पाएको हो । एजी सर्भिसद्वारा हवाई उडान सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको निबेदनअनुसार अन्य दैनिक उडानलाई बाधा […]

सम्बन्धित