‘मेरो देशको नाम नेपाल’ गीत सार्वजनिक

सदरलाइन संवाददाता १ आश्विन २०७८, शुक्रबार १८:५३
 


नेपालगञ्ज  : मिचिएका सीमाको बारेमा उठान गरिएको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको सो चलचित्र ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफै फिचर्ड छन् । मधेसलाई अलग्याउने मुद्दा बोकेका सिके रावतको घरमै पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ ।

मनोज पण्डितको शब्द रहेको गीतमा हरि लम्सालले स्वर र संगीत भरेका छन्। पण्डित चलचित्र एकका निर्देशक पनि हुन् । चलचित्र ‘एक’ मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा हो ।

‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूजस्तै नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सि.ए.आई)को परिकल्पना पनि यो फिल्ममा गरिएका छन् ।


फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ । राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन् । खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ । कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन् ।

यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन् । प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन् ।

सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् । कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ । यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा मानवबेचविखन रोकथामका लागि अन्तरपुस्ता सम्वाद सम्पन्न

१ आश्विन २०७८, शुक्रबार १८:५३
खजुरा (बाँके) : मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा खजुरा गाउँपालिकामा शुक्रवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत खजुरा गाउँपालिकामा सो कार्यक्रम आयोजना गरिएको हो । मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका […]