हडिया बाबा आश्रममा धार्मिक मेला शुरु, धनुष यज्ञ हुँदै

सदरलाइन संवाददाता १४ मंसिर २०८०, बिहीबार १४:२७
 

नेपालगञ्ज : प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ । मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिले जनाएको छ ।

हडिया बाबाको महिमा बारे संक्षिप्त जानकारी गराउँदै श्री १००८ हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले मेरै बुवालाई हडिया बाबाले राप्ती नदीमा ध्यु खतम भएपछि गंगा माताबाट सापट ल्याउन भनेको तथा बुवाले गंगा माताबाट ध्यु सापट लिई राप्ती घाटमा बृहत घण्डार सम्पन्न गरी अर्को दिन बजारबाट एक टिन ध्यु लगेर गंगा मातालाई फिर्ता गरेको बताए ।

अध्यक्ष वैश्यका अनुसार हडिया बाबाको महिमाले गर्दा नै देश भित्र रहेका साधु सन्त त आउने गरेका नै छन् छिमेकी मित्र राष्ट्र भारतको विभिन्न शहरबाट साधु सन्तहरुको घुँईचो नै लाग्ने गरेको बताउँदै उहाँहरुलाई कसैले कुनै निमन्त्रणा समेत गर्दैन, उहाँहरु बाबाको आस्थामा आफै आउने गरेको बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रास्थित रहेको धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा मेला आयोजना हुने सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिका अध्यक्ष बृजेशबहादुर सिंहले जानकारी दिए ।


धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा प्रत्येक वर्ष ७ सयदेखि १ हजारसम्म साधु, सन्त, महत्माहरुको सहभागिता हुने गरेको छ । यस वर्ष पनि १ हजार बढी साधु, सन्तहरुको सहभागिता हुने अनुमान लगाइएको मेला आयोजक समितिले जनाएको छ ।

यस वर्ष पनि श्री रामलीला नाटक मञ्चनद्वारा मंसिर १४ राम जन्म, मंसिर १५ गते मिरा लिला, मंसिर १६ गते हरिश चन्द्र नाटक, मंसिर १७ गते वर्षाने की लठ मार होली, मंसिर १८ गते धनुष यज्ञको आयोजना गरि मेलाको समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराउँदै अध्यक्ष वैश्यले उक्त कार्यको लागि भारतबाट कलाकारहरु आउने तथा उक्त कथाको रसपान गर्न सम्पूर्ण बाँकेबासीहरुमा अनुरोध समेत गरेका छन् ।

मेलामा प्रत्येक वर्ष झै यस वर्ष हुने भण्डारमा दाताहरुले आफै अग्रसरता देखाउँदै आएको हुँदा मेला समितिमाथि आर्थिक भार नपर्ने जानकारी गराउँदै समितिद्वारा नाटक कलाकारहरु, टेण्ट लाईड, पुजा सामाग्री लगायतमा २ देखि ३ लाख सम्म खर्च गर्नु पर्ने भएको बताए ।

मेलामा सहभागी साधु सन्तहरुको लागि आवश्यक काठ, दाउर, पराल, पानी लगायतको व्यवस्थापन गरिनुका साथै मन्दिर परिसरमा सरसफाई तर्फ ध्यान दिनुका साथै प्रत्येक कार्यका लागि छुटाछुट्टै टीम गठन गरिएको आयोजकले जनाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्प पीडितलाई कोहलपुरका व्यवसायीद्वारा तरकारी सहयोग

१४ मंसिर २०८०, बिहीबार १४:२७
नेपालगञ्ज : जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि बाँकेको कोहलपुरबाट १२ क्विन्टल तरकारी सहयोग स्वरुप पठाइएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा प्रयोग हुने तरकारी राहतस्वरुप भुकम्प प्रभावित क्षेत्रमा पठाइएको हो । कोहलपुर कृषि बजार समितिका ब्यापारीहरुले संयुक्तरुपमा हस्तान्तरण गरेको १२ क्विन्टल तरकारीजन्य सामग्री लिएर आफ्नो […]