कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १३ असार २०७८, आईतवार १४:१०
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।

डुङ्गेश्वर गाउँपालिका दैलेखका पुरुष र तुलसीपुर उपमहानगरपालिका दाङकी महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । जेठ २८ गते भाइरस संक्रमण पुष्टि भएका डुङ्गेश्वर गाउँपालिका–६ दैलेखका ७८ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । उनी २७ गते अस्पताल भर्ना भएका थिए ।


उनको राती साढे १२ बजे मृत्यु भएको हो । यस्तै जेठ २३ गते संक्रमण पुष्टि भएकी तुलसीपुर उपमहानगरपालिका–१७ दाङकी ६३ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
असार ११ गते भेरीमा भर्ना भएकी उनको आइतवार विहान ११ बजे मृत्यु भएको समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै उपचारका लागि बाँकेमा आएर मृत्यु हुने संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै जिल्लामा अक्सिजन बैंक स्थापना गरिने

१३ असार २०७८, आईतवार १४:१०
काठमाण्डौ : सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ । कार्यविधिअनुसार अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न संघमा स्वास्थ्य सेवा […]