नेपालगञ्ज : सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ एनको आगामी वर्षको नेतृत्वको लागि बिहीबार नेपालगञ्जमा उम्मेदवारी दर्ता गरिएको छ ।
लायन्स क्लवको आगामी फगुण ७ गते चितवनमा हुने महाधिवेशनबाट चयन हुने नेतृत्वको लागि क्लबका डिस्टिक गर्भनरका लागि धनगढीका सिबि चन्द, प्रथम भाईस डिस्टिक गर्भनरका लागि नेपालगञ्जका मुकुट ढकाल र द्वितिय भाईस डिस्टिक गर्भनरका लागि दाङ्गका बिनोद श्रेष्ठले आ–आफ्नो उम्मदेवारी निर्वाचन समितिका सदस्य चिन्तमणी धिताललाई बुझाएका हुन ।
लायन्स क्लवहरुको सबैभन्दा ठूलो डिस्टिकको रुपमा रहेको लयान्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ विभाजन गरी डिस्टिक ३२५ एन बनेको हो ।
निर्वाचन समितिका सदस्य धितालले डिस्टिकको आगामी एक वर्षेकालको लागि गर्भनर, प्रथम भाईस गर्भनर, द्वितिय भाईस गर्भनरमा एक–एक जनाको मात्र उम्मेदवारी परेको जानकारी दिए । एक–एक जनाको मात्र उम्मेदवारी परे पनि सबै उम्मेदवारले महाधिवेशनमा शत प्रतिशत मत पाउनु पर्ने प्रावधान लायन्समा रहेको उनले बताए ।
सो अवसरमा क्लवका पूर्व डिस्टिक गर्भनर सेम शाक्यले नयाँ डिस्टिकको नेतृत्व गर्दै लायनबादलाई जनस्तरसम्म पुराउन सुझाव दिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापा मगरले आगामी कार्यकालको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने तीनै जनालाई शुभकामना दिदै सामाजिक क्षेत्रमा लायन्सको नाम उच्च राख्ने विश्वास व्यक्त गरिन ।
निर्वाचन समितिका सदस्य चिन्तामणी धितालको अध्यक्षता र पूर्व लियो काउन्सिलका अध्यक्ष विष्णु श्रेष्ठको सहजिकरण तथा पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्माको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।