नेपालगञ्जमा एकै घरका चार जनामा देखियो दादुरा

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १३:४१
 

नेपालगञ्ज : नेपालगञ्जमा दादुरा देखा परेको छ । नेपालगञ्जको फुल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हो । ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरु १७ जना शंकास्पद रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए ।

लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएर शंकास्पदहरुको खोजी गरिरहेका छन् ।


एउटा टोल, बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । फुल्टेक्रामा एकै घरमा चार जनामा दादुरा देखिएकाले महामारीको रुपमा लिँदै स्वास्थ्यको टोली परिचालन भएका छन् ।

नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो । यो भनेको १ हजारमा १ जना भन्दा कममा दादुरालाई झार्ने हो । दादुराको खोप नलगाएका या खोप पुरा नगरेका ब्यक्तिलाई दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा गरिएको सडक अवरुद्ध खुल्यो

१९ पुष २०७९, मंगलवार १३:४१
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्ड सुचारु भएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका थिए । नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको थियो । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो । अहिले पीडित […]

सम्बन्धित