उद्धार गर्न गएको व्यक्तिको नहरमा डुबेर मृत्यु

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १४:४५
 

नेपालगञ्ज : बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ वर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँका रामचन्द्र धोबीका १२ वर्षीय छोरा राजेश धोबी उक्त नहरमा माछा मार्ने क्रममा डुबेका थिए । बालक नहरमा डुबेपछि उनलाई बचाउन बच्छराज नहरमा पस्नुभएको थियो । सो क्रममा बच्छराजको डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।


माछा मार्दा नहरमा डुबेका बालक राजेश धोबी भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शसक्त बालिका परयोजनाको किकअफ मिटिंग सम्पन्न

८ मंसिर २०८०, शुक्रबार १४:४५
नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा […]