सोमवार बाँकेबाट २९ डिस्चार्ज

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार ०९:०६
 

नेपालगञ्ज : बाँकेबाट २९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । सोमवार भेरी अस्पतालका दुईजना ल्याब टेक्निशियनसहित २९ जना डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ ।


श्रेष्ठका अनुसार हाल बाँकेका आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ८ गरी ३ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Next Post

अर्मेनिया र अजरबैजानबीच सीमा युद्ध, २३ जनाको मृत्यु

१२ आश्विन २०७७, सोमबार ०९:०६
काठमाण्डौ : अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रलाई लिएर पुनः तनाव शुरु भएको छ । विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोनामध्ये एक युद्ध पुनः बिउँतिएको हो । वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भिडन्त भएको हो । आइतवार भएको भिडन्तमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्व […]

सम्बन्धित