दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन ।
गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरुसंग पनि विश्वासको मत मागेका थिए ।
प्रदेशको समृद्धिको आकांक्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउदै उनले सबैले विश्वास मत दिनुपर्ने धारणा राखेका हुन । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको बताए ।