राष्ट्रिय परोपकार महासंघ नेपालले तय गर्यो तेस्रो महाधिवेशनको मिति

१८ पुष २०७३, सोमबार ११:३४
 

सदरलाइनडटकम 
१८ पुस, काठमाडौं : राष्ट्रिय परोपकार महासंघ नेपालले आफ्नो नबौँ बार्षिकोत्सवको अवसमा यही पौस २७ देखि माघ ४ गतेसम्म महासंघको तेस्रो महाधिबेशन गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सेवा नै धर्म हो भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना गरिएको यस संस्थाले तेस्रो अधिबेशन, महायज्ञ जस्ता धार्मिक कार्यक्रम गर्ने जनाएको हो ।
संस्थाका अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले जनजनका मनमनमा सेवा गर्ने भावना जागृत गराउने मूल उद्देश्यले सम्पन्न गर्न लागिएको महायज्ञ एव््म महाधिबेशनमा सबैलाई उच्च मन र सेवा गर्ने बिचारका साथ उपस्थित् भईदिन आग्रह गरे । उनले भने,‘यहि पौस २७ गते उद्द्याटन हुन्छ, २७ देखि माघ ४ गतेसम्म महायज्ञ चल्ने छ र बिचमा अर्थात २९ गते महाधिबेशन सम्पन्न हुनेछ ।’
उनले अघि थपे,‘यस संस्थाले आजसम्म बालआश्रम, गुरुकुल आश्रम, जेष्ठ नागरीक चौतारी, कल्पवृक्ष अभियान, गौरक्षा अभियान, तपोभूमि उजागर अभियान लगायत दर्जनौ संघसंस्थाहरू संञ्चालन गरेका छौँ, हाम्रो आर्थिक पाटो भनेको प्रत्येक सदस्यले प्रत्येक दिन एक रुपैया दान गर्नु हो, सँगै एक मुठिदानले यि जम्मै संस्था चलाएका छौँ, आफ्नो भलो त जसले पनि गर्छ, अरुको भलो गर्नु र सोचनु नै सबै भन्दा ठुलो धर्म हो । त्यसैले परोपकार अथवा पर–उपकार, अथवा पर भनेको अरुको र उपकार भनेको सेवा भन्ने हो ।
सबैले परोपकारी अभियानले अघि सरेर समाजमा रहेका अनेक खालका भेदभाव र दुःखद स्थितिको अन्त्य गर्नमा हातेमालो गर्नको लागि आग्रह गर्दै गौतमले देशभरमा ४५ वटा जिल्लामा यस महासंघको साखा रहेको भन्दै गाउँ नगर र जिल्लाको अधिबेशन सकिएको बताए ।
काठमाडौं शाखाका अध्यक्ष चेत नारणयण पौडेल, नुवाकोटका अध्यक्ष ठाकुरप्रसाद घिमिरे, शान्ति सिग्देल लगायतले आफ्ना बिचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रारम्भिक कक्षा पढाई कार्यक्रम शैक्षिक अवस्थामा सुधार ल्याउन प्रभावकारी

१८ पुष २०७३, सोमबार ११:३४
रुद्र सुवेदी / सदरलाइन १८ पुस, नेपालगन्ज : सामुदायिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुलका कक्षा १–३ अध्ययन गर्दै आएका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी हुने देखिएको छ । जिल्ला शिक्षा कार्यालय बाँकेको सञ्चालन र युएसएआईडी नेपालको सहयोगमा जिल्लामा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रमले […]

सम्बन्धित