बाँकेमा धान उत्पादन बढ्यो

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १३:२९
 

नेपालगञ्ज : बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए ।

कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर धानको उत्पादन ३.८ मेट्रिक टन रहेकोमा यसवर्ष प्रति हेक्टर धानको उत्पादन ४.०२ मेट्रिक टन पुगेको छ । गत वर्ष बर्खे धान ३३ हजार र चैते धान ३५ हेक्टरमा खेती भएर एकलाख २५ हजार ५३३ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष एकलाख ५३ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको छ ।

गत वर्ष ३३ हजार हेक्टरमा धानखेती भएकोमा यो वर्ष ३६ हजार पाँच सय हेक्टरमा धान रोपाइँ भएको थियो । गत वर्ष समयमै वर्षा नभएपछि नरैनापुर गाउँपालिकामा करिब तीन हजार पाँच हेक्टर खेतमा धान रोपाइँ हुन सकेको थिएन ।


कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी केसीले भने,‘‘यो वर्ष समयमा पानी नपरेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिंचाइ आयोजनाबाट पनि किसानले लाभ पाएका छन् ।’’ अधिकांश किसानले धान भित्राए पनि ढिलो पाक्ने केही प्रजातिको धान भित्र्याउन बाँकी छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो वर्ष असार १५ सम्म जिल्लाका आठवटै स्थानीय तहमा गरेर करिब १५ प्रतिशत मात्रै धान रोपाइँ भएकोमा त्यसपछि निरन्तर प्रर्याप्त पानी भएपछि धान खेती हुने सबै खेतमा रोपाइँ भएपछि समग्र उत्पादनमा वृद्धि भएको हो । यसैगरी अघिल्लो वर्ष जस्तो सुख्खा, डुबान र बाढी नआएपछि धानको उत्पादनमा वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्धार गर्न गएको व्यक्तिको नहरमा डुबेर मृत्यु

८ मंसिर २०८०, शुक्रबार १३:२९
नेपालगञ्ज : बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ वर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँका रामचन्द्र धोबीका १२ वर्षीय छोरा राजेश […]

सम्बन्धित