नदीमा गोही छाडेपछि डुडुवावासी त्रसित

१६ भाद्र २०७६, सोमबार १७:११
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : जिल्ला बन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छोडेपछि स्थानीयले विरोध जनाएका छन् । बाँके राप्ती नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका हुन् ।
राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको हो । नदीमा गोही छाड्नै परेपनि गाउँबस्तीदेखि अलि टाढा लगेर छोडेको भए जोखिमबाट बच्न सक्ने स्थानीय घनश्याम गुप्ताले बताए । वन डिभिजन कार्यालयले बाँके खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयको घरबाट उद्धार गरि करीब १२ किलो भएको एक वर्षको गोहीलाई राप्ती नदीमा आईतबार छोडेको जनाएको छ ।
स्थानीयको विरोधपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसंग सम्पर्क गरि तीनभित्र गोहीको खोजेर अन्यत्र व्यवस्थापन गर्न पत्र समेत पठाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसहरुलाई नुहाउन, तथा मानव आवत जावत बढी भएर उच्च जोखिम बढाएकाले त्यहाँ नछोडेर जंगल क्षेत्रअन्तर्गत पर्ने नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विभिन्न विपद् तथा जनावरको आक्रमणले बेला बेलामा दुखद घटना भईरहेका बेला बन कार्यालयले जोखिमपुर्ण कार्य गराएको प्रति ध्यानाकर्षण गर्दै गोही छाड्ने बेला परामर्श गरेको भए यस्तो समस्या नआउने उल्लेख गरे ।
यता वन डिभिजन प्रमुख मोहन प्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्नसक्ने सम्भावन रहेको जानकारी दिए । उनले त्यहाँ छोड्न नहुने गल्ती सच्चाउँदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो भएकाले प्रयास गर्ने बताए ।

Next Post

नदीमा डुबेर तीन महिला बेपत्ता

१६ भाद्र २०७६, सोमबार १७:११
सदरलाइनडटकम, कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिका ६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कहाँरकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहाँरका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएका हुन् । बाख्रा चराउन […]

ताजा अपडेट