सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यूदर उच्च

सदरलाइन संवाददाता ७ असार २०७९, मंगलवार १५:३७
 

नेपालगञ्ज : सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यू हुने जोखिम उच्च रहेको चिकित्सकले औँल्याएका छन् । सिकलसेल एनिमिया भएका गर्भवती महिलामा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।

भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डेले अन्य गर्भवती महिलाको भन्दा सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्युदर २२ जना भन्दा बढि रहेको बताए । उनले प्रायःजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए ।

उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमिया समस्या देखिएको जानकारी दिए । उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको संख्या धेरै छ । भेरी अस्पतालमा मात्र आठ सय ९४ जना विरामी नियमित रुपमा जाँच तथा परामर्शका लागि आउँछन्,’ उनले भने ।

बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका विरामीको संख्या धेरै भएको उनको भनाई छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा तीन सय ७३ जनाको सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात ६३ जनामा सिकलसेल पुष्टि भएको उनले बताए ।


उनले सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने उनले औँल्याए । ‘नवजात शिशुलाई दादुरा खोप सँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्छ,’ डा. पाण्डेले भने ।

प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले थारु समुदायका सर्वसाधारणमा सिकलसेल समस्या बढि देखिए पनि अन्य जातजातीका बिरामीहरुमा समेत यो रोग देखिएको बताए । ‘विशेषगरि थारु समुदायमा यो रोगको समस्या छ, तर अन्य जातजातीका विरामी पनि फाटफुट फेला परेका छन्,’ उनले भने ।

पछिल्लो समय थारु समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको बताउँदै उनले सिकलसेल एनिमिया र थाल्सेमियाको सम्बन्ध नङ्ग र मासुको जस्तै भएको बताए । ‘रोगसँग मिल्दोजुल्दो टाइफाइट, बाथरोग, बाथज्वरो, मलेरिया तथा हेपाटाइटिस वी भएकोले यस्ता लक्षण देखिए तुरुन्त सिकलसेल एनिमिया र थाल्सेमियाको परीक्षण पनि गराउनु पर्छ, डा. पाण्डेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

७ असार २०७९, मंगलवार १५:३७
नेपालगञ्ज : नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने खानेतेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल र दुग्धजन्य वस्तुको मूल्य भएको हो । कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महङ्गी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिकी चलाउन मुस्किल हुन थालेको उपभोक्ताहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको […]