औषधि उपचारको लागि ७० हजार ५ सय ७ सहयोग हस्तान्त्रण

२७ भाद्र २०७३, सोमबार ०६:०९
 

 IMG_9360सदरलाइनडटकम,
२७ भदौ, नेपालगन्ज: सुर्खेत भेरीगंगा नगरपालिका–४ झिग्नीकी दृष्टिबिहिन कुश्मा सुनारका पति तुलसिराम बिकको उपचारका लागि स्थानीयस्तरबाट संकलन गरिएको रकम हस्तान्त्रण गरिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण भारतको हिमाञ्चलमा स्याउको भारी बोक्ने क्रममा चिप्लेर लडेका विकको दाहिने खुट्टा भाँचिएको थियो । बासको आयोजनामा आईतबार नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा ७० हजार ५ सय ७ रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
बासका सदस्य शेरेन्द्रकुमार सोनीको नेतृत्वमा रहेको टोलीले बिभिन्न व्यक्ति, सँघ, संस्थाबाट सहयोग संकलन गरेको थियो । यसरी संकलन गरिएको रकमको चेक अभियानका संयोजक सोनी र कार्यक्रमका प्रमुख अतिथी युराशिया रेयुकाईका नेपाल प्रमुख चक्रबहादुर चन्दले बिरामी तुलसिराम र उनकी श्रीमती कुश्मालाई हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चन्दले पीडित बिरामीहरुलाई सहयोग गर्नु उत्कृष्ठ समाजसेवा भएको भन्दै आफ्नो तर्फबाट थप १० हजार सहयोग गर्ने घोषणा समेत गरे । े
‘भारीबोकेर हिड्दा लडेर दाहिने खुट्टा भाँच्चियो त्यहाँ रहेका नेपालीहरुले पैसा उठाएर नेपालगन्ज पु¥याए । नेपालगन्ज पु¥याए पनि आश्यक रकम र हेरचाह गर्ने व्यक्तिको अभावमा उपचारमा समस्या थियो शेरेन्द्र दाईले नयाँ जीवन दिनुभयो’–पीडित तुलसीरामले भने । उनकी पत्नी दुबै आँखा देख्न नसक्ने नत्रहीन भएको र साथमा २ वर्षको छोराको समेत हेरचाह गर्नु पर्ने अवस्थामा घरकाले पनि वास्ता नगरेपछि पत्नी कुश्माको टाढाको नाताले आफन्त पर्ने शेरेन्द्रले उपचारको लागि आवश्यक रकम जुटाएका थिए ।
उपचार नेपालगन्जको वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार हुँदै छ । भारतबाट नेपाल आउने वित्तिकै उपचारको लागि आवश्यक रकम नहँुदा अस्पतालका सञ्चालक समेत रहेका डा. विनोद थापाले अस्पतालको नियम अनुसार छुटगरी उपचार सुरु गरेको पीडितकी पत्नी कुस्माले जानकारी दिईन । उनले भनिन–‘भारतबाट ल्याउने वित्तिकै अस्पताल लगे तर म संग एक पैसा पनि थिएन डा. थापालाई आफ्नो समस्या भने उहाँले पैसा आउदै गर्छ पहिला उपचार सुरु गरौ भनेर अपरेशन गरिदिनु भयो ।’ सो अस्पतालले तुलसीरामको उपचारमा लागेको शुल्कको ५० प्रतिशत मिनाह गर्ने जानकारी दिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कर्मचारी संगठनका सभापति टिएन रावतले बताए ।
शेरेन्द्रले नै आर्थिक सहयोग जुटाउन तथा उपचारको लागि कुरुवा बस्नेदेखि नावालक बच्चाको हेरविचार गर्नमा आफ्नै घरका छोरी तथा बहिनीलाई खटाएका थिए । उपचारमा रकम नभएर समस्यामा परेका उनीहरुलाई मलहम लगाउन बासले समेत आर्थिक संकलन शुरु गरेको थियो ।


IMG_9364

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधन गरिदा धर्मनिरपेक्षता हटाईनु पर्छ : कमल थापा

२७ भाद्र २०७३, सोमबार ०६:०९
सदरलाइनडटकम २७ भदौ, नेपालगन्ज : राप्रापा नेपालका अध्यक्ष कमल थापाले अव हुने संविधान संशोधनमा आफ्नो पार्टीको तर्फबाट धर्मनिरपेक्ष हटाईनु पर्ने प्रमुख माग रहेने बताएका छन् । उनले सोमबार मिडिया नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । उनले भने–‘संविधान संशोधनको लागि राप्रापा नेपालले संविधानमा रहेको धर्म […]