हेफरको स्वर्णिम प्रतिभा पुरस्कार–२०१६, बाँके फत्तेपुर–८ पहलमानपुर की बासमती बुढालाई

२१ मंसिर २०७३, मंगलवार ०९:४७
 

सदरलाइनडटकम, img_0228
२१ मंसिर, नेपालगन्ज : बाँके फत्तेपुर–८ पहलमानपुर की ४६ वर्षिया बास्मती बुढाले यस वर्षको  स्वर्णिम  प्रतिभा पुरस्कार पाउने भएकी छन् । हेफर ईन्टरनेशनलद्वारा स्थापना गरिएको सो पुरस्कार पाउन सफल बुढाले करिव ३० हजार ग्रामिण किसान महिलालाई उछिन्दै प्राप्त गर्न सफल भएकी हुन ।
सन २०१२ मा हेफर ईन्टरनेशनलको आर्थिक सहयोगमा फत्तेपुर गाविस लगायतका स्थानीय निकायहरुको लागत साझेदारी र बहुमुखी सेवा केन्द्र, बाँकेद्वारा कार्यान्वयन गरिएको    ‘साना किसान उद्यमी सुदृढिकरण परियोजना’ अन्तर्गत गठित प्रगती समूहमा सदस्यको रुपमा आबद्ध भएकी बासमतीले हेफरको आधारशिला लगायतका क्षमता विकास र आयआर्जनका तालिम, ज्ञान, सीप र क्षमता हासिल गर्दै परियोजनाबाट प्राप्त २ वटा बाख्रा र समुह कोषबाट ३० हजार ऋण लिएर बाख्रापालन व्यवसायको शुरुवात गरेकी थिईन ।
तीनवर्ष अघि दुईवटा बाख्राबाट सुरुगरेको उनको व्यावसायले स्वर्णिम प्रतिभा पुरस्कार जिताउदै उनलाई यतिबेला देस बिदेशमा समेत चिनाउन सफल भएको बताउछिन । उनले भनिन–‘चारछोरी एक छोरा र सासु ससुरासहितको पालनपोषणको जिम्मेवारी हामी दुईजनामा थियो केही हुन्छ कि भनेर गाउमै ऋण काडेर उहाँ (श्रीमान)लाई बिदेश पठाए भने जस्तो हुन सकेन अहिले सबैले मिलेर काम गर्दा यो परिणाम आयो ।’
आगामी ८ डिसेम्बरको दिनमा फत्तेपुरमै एक कार्यक्रमको आयोजना गरेर बितरण गर्ने सो पुरस्कारको रासी ७० हजारको रहेको छ । पुरसकारको पाउने जानकारी पाउदाकोे अबस्था सम्झदै भनिन–‘ घरको बारीमै हामी दुबैजना काम गर्दै थियौ त्यत्तिकैमा बहुमुखी सेवा केन्द्रका प्रभात कुमार ठकुरी र हेफरका प्रदीप सर आएर जानकारी दिनुभयो । झण्डै ११ सय समुहका महिला दीदि बहिनीलाई उछिन्दै पुरस्कारको लागि छनौट भएकी रहेछु पहिला त पत्यार लागेकै थिएन अव भने पक्का भयो ।’

img_0239
उनले परियोजना शुरुवात पछिको ३ वर्षको समयावधीमा उनले ११ वटा खसीबाख्रा बिक्रिबाट १ लाख ५९ हजार एकसय, तरकारीबाट १ लाख ७३ हजार, अन्नबालीबाट २ लाख १७ हजार १ हजार, महबाट ८ हजार ५ सय, दुधबाट १ लाख ७३ हजार ३ सय ५०, लोकलकुखुराबाट . ३६ हजार ८ सय, घाँसबाट ४६ हजार ६ सय २५ र बंगुरबाट ५७ हजार गरि जम्मा ८ लाख ७१ हजार ४ सय ७५ आम्दानी गर्न सफल भएको बताईन ।
उनले आम्दानीबाट बाख्राको सुधारिएको खोर निर्माण गर्दै नेपालगन्ज उप–महानगरपालिकामा १ कठ्ठा घडेरी खरिद गरेको बताईन । त्यसैगरी १ छोरीलाई स्नातक तह र जेटिए पढाएकी छिन, १ छोरीलाई कक्षा ९, अर्को छोरीलाई कक्षा ७ र १ छोरालाई कक्षा ५ मा नेपालगन्जस्थित बोडिङ्ग स्कुलमा पढाएकी छिन् साथै घर व्यवहारमा खर्च गर्न समेत सफल भएकी उनले १० वटा बाख्राको विमा गरेको बताईन ।


img_0215
सहकारीमा मासिकरुपमा समूह बचत गर्दै आएकी उनले करिव ७ कठ्ठा जमिनमा विभिन्न किसिमका डाले तथा भुई घाँसका विरुवाहरु लगाएकी छिन् । हिजोआज गाँउमा हुने बैठक, सभा तथा गोष्ठीमा उनको पनि सहभागीता हुने गरेको छ । अहिले छिमेकीले पनि राम्रो दृष्टिकोणले हेर्ने गरेको उनी बताउछिन ।
बासमतीले सुरु गरेको व्यावसायमा उनका श्रीमान मदन बुढाको पनि उत्तिकै सहयोग छ । कतारमा बैदेशिक रोजगारका लागि पुगेका उनले १८ घण्टा त्यहाँ मेहनत गर्दा मुस्किलले १० हजार बचत गर्न सकेको सम्झदै उनी पुनः विदेश नगई बाख्रापालन व्यवसायलाई व्यवस्थित गर्नका लागी लागिपरेको बताए ।
उनले भने–‘हामी श्रीमान र श्रीमती मिलेर काम गर्ने गरेका छौ मैले बिदेसमा गरेको मेहनत यहि गर्दा सबै आफ्नो आम्दानी बढ्दै गएको छ ।’ उनले परम्पारगत खेतीमा भन्दा व्यावसायिक खेतीको लागि आफ्नो सबै जमिनमा बाख्रा तथा पशुको लागि डाले र कोशे घाँसको खेती समेत सुरु गर्ने तयारीमा रहेको बताए । उनले आफु बिदेसमा नगई अफ्नै खेतबारीमा श्रीमती बासमतीले सुरु गरेको व्यावसायिक बाख्रापालनलाई सहयोग पुराउदै आएका छन् ।

img_0232

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिचाईको जोहो गर्दै महिला !

२१ मंसिर २०७३, मंगलवार ०९:४७
बाँके फत्तेपुर–८ मोहनपुरका महिलाहरु पुरुषहरु रोजगारीको सिलसिलामा बाहिर गएपछि सिचाईको लागि कुलो मर्मतको लागि सामुहिक श्रमदान गर्दै । फोटो: सदरलाइनडटकम