बर्दिया डिष्ट्रिलरीलाई ‘उत्कृष्ट करदाता सम्मान’

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १२:५४
 

बर्दिया : बर्दिया डिष्ट्रिलरी प्रालिलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयको कार्यसेवा अन्तर्रगत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरे वापत सम्मान गरिएको हो ।

१२ औं राष्ट्रिय कर दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा बिहीबार डिष्ट्रिलरीका प्रबन्ध निर्देशक नरबहादुर ओलीलाई सम्मान–पत्र, टिका र मालासहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम् बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, करदाता सेवा कार्यालय गुलरियाका कर अधिकृत शेरनाथ योगी लगायतले सम्मान गरे ।


बर्दिया डिष्ट्रिलरी प्रालिलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको यो दोस्रो पटक हो । यसअघि पनि डिष्ट्रिलरीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको थियो । प्रवन्ध निर्देशक ओलीले सञ्चालन गरिरहेको ओम शिवशंकर स्टोर बर्दियालाई पनि यसअघि दुई पटक उत्कृष्ट करदाताको रुपमा राजश्व कार्यालयले सम्मान गरेको थियो ।

डिष्ट्रिलरीले सामाजिक उत्तरदायित्व अन्तरगत जाजरकोटका भूकम्प पीडितलाई पनि केहीदिन अघि राहत सामाग्री हस्तान्तरण गरेको थियो । उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि उद्योग चलाउन थप हौसला मिलेको प्रबन्ध निर्देशक ओलीले बताएका छन् । करदाता सम्मान कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर दिवसमा बाँकेका तीन प्रतिष्ठान सम्मानित

८ मंसिर २०८०, शुक्रबार १२:५४
नेपालगञ्ज : आर्थिक वर्ष २०७८/७९ मा बाँकेमा धेरै कर बुझाउने तीन फर्मलाई १२ औं कर दिवसका अवसरमा बिहीवार आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले सम्मान गरेको छ । सेवातर्फ उपकार लद्युवित्त वित्तीय संस्था लिमिटेड, उद्योगतर्फ जयबागेश्वरी मोल्डिङ्ग उद्योग र सेवाक्षेत्रबाट पञ्चकोशी सप्लायर्स सम्मानित भएका हुन् । सेवातर्फ सम्मानित भएको उपकार लद्युबित्त महिलाहरुले […]

सम्बन्धित