बाँकेमा बिहीवार तेह्र जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ७ आश्विन २०७८, बिहीबार १७:१३
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी ल्यावमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ८ जना छन् । कोहलपुरका ४, नेपालगञ्ज र खजुराका २–२ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७८ पुगेको छ ।

यस्तै बिहीवार थप ६ जना डिस्चाार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७१ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ८८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामान बरामद

७ आश्विन २०७८, बिहीबार १७:१३
नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको विभिन्न सामग्री बाँके प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ बाट प्रहरीले अवैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, चिनी, पास्ता, मेशिनरी सामान बरामद भएको प्रहरीले जनाएको छ । १ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ मूल्य बराबरको बरामद […]